आसिफ शेखको अमेरिकाविरुद्ध अर्धशतकीय पारी
Your ads here755 X 100

काठमाडौं : नेपालका ओपनर ब्याटर आसिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्। आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको दोस्रो खेलमा अमेरिकाविरुद्ध आसिफले ६७ बलमा ७ चौकासहित ५१ रनसहित अर्धशतक पूरा गरेका हुन्। यो आसिफको एकदिवसीय अन्तर्राष्ट्रियमा १५ औं अर्धशतक हो। पहिलो विकेटका लागि उनले कुशल भुर्तेलसँग २४ ओभरमा १२६ रनको शतकीय साझेदारी बनाउँदै खेलिरहेका छन्।