जेनजी अभियन्ता भन्दै वडासचिव भण्डारीलाई धम्क्याउने खड्का पक्राउ
Your ads here755 X 100

दैलेख : आफूलाई जेनजी अभियन्ता भन्दै दैलेखका एक वडासचिवलाई थम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई जेनजी अभियन्ता भन्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनबाट धम्की दिने प्रकाश खड्कालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।आफू प्रधानमन्त्री कार्यालयको भन्दै वडासचिव भण्डारीलाई धम्की दिएका खड्कालाई पक्राउ गरिसकिएकाे काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले जानकारी दिए । उनले भण्डारीलाई एक सिफारिसका लागि दवावपूर्ण फोन धम्की दिएको बताइएको छ ।