कुशलको दोस्रो एकदिवसीय शतक
Your ads here755 X 100

काठमाडौं : नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक प्रहार गरेका छन् । जारी आइसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले ३२.३ ओभरमा शतक पूरा गरेका हुन् । उनले १०४ बलमा १२ चौका र ३छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनले पहिलो विकेटका लागि ओपनर आसिफ शेखसँग १४५ रनको शतकीय साझेदारी बनाएका थिए ।