अमेरिकामाथि नेपालको शानदार जित
Your ads here755 X 100

काठमाडौं : आईसीसी विश्वकप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको सानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रन बनाउँदै अलआउट भएको थियो। अमेरिकाले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा १ विकेटको क्षतिमा १९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक १२० रनको अविजित शतकीय पारी खेले । उनले ११८ बलमा १३ चौका र ४ छक्का प्रहार गरे। उनले पहिलो विकेटको लागि ओपनर आसिफ शेखसँग १४५ रन