धुलोले दिउँसै अन्धकार, पृथ्वी राजमार्गमा चालक र यात्रुलाई सास्ती
Your ads here755 X 100

•
Byविकास रौनियार (धादिङ)
•
—
धादिङ : धादिङ खण्डको पृथ्वी राजमार्गमा उड्ने अत्यधिक धुलोका कारण दिउँसै अन्धकारजस्तै अवस्था सिर्जना भएको छ। सडक विस्तार तथा निर्माण कार्य सुस्त हुँदा राजमार्गका विभिन्न क्षेत्रमा धुलोको समस्या झन् बढ्दै गएको हो।विशेषगरी धादिङको जोगिमारा, बेनीघाट, सालाङघाट, धार्के, गजुरी, गल्छी लगायतका क्षेत्रमा सवारीसाधनको चापसँगै धुलोको बाक्लो मुस्लो उड्दा चालक, यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीहरू प्रभावित बनेका छन्। धुलोका कारण दृश्य कम हुँदा सवारी सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ