विनियोजन विधेयकसम्बन्धी प्रतिनिधिसभाको सन्देश राष्ट्रियसभामा टेबुल
Your ads here755 X 100

काठमाडौं : ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा बैठकमा टेबुल गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कंडेलले बिनियोजन विधेयक २०८३ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।त्यस्तै बैठकले प्रतिनिधिसभा पूर्व सदस्य एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १५ गते बोलाइएको छ ।