सहकारीको ऋण नतिर्नेलाई सेवा सुविधामा रोक लगाउने तयारी
Your ads here755 X 100

सहकारीबाट ऋण लिएर समयमा भुक्तानी नगर्ने सदस्यहरूको संख्या बढ्दै गएपछि भीमेश्वर नगरपालिकाले त्यस्ता व्यक्तिलाई नगरपालिकाबाट प्रदान गरिने विभिन्न सेवा–सुविधाबाट वञ्चित गर्ने तयारी गर्ने जनाएको छ। सहकारी क्षेत्रलाई अनुशासित, पारदर्शी र बचतकर्तामैत्री बनाउन यस्तो कदम चाल्न लागिएको नगरपालिकाले जनाएको छ। सहकारीको पैसा कुनै व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने अनुदान नभई सर्वसाधारण नागरिकले दुःख गरेर जम्मा गरेको बचत हो। ऋण लिएपछि समयमै फिर्ता गर्नु प्रत्येक सदस्यको दायित्व भएको भीमेश्वर नगरपालि