कोशी सरकार संकटमा, कांग्रेस र एमालेको नजर नेकपातिर
Your ads here755 X 100

विराटनगर : नेपाली कांग्रेसले नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै कोशी प्रदेशको राजनीतिक समीकरण एकाएक बदलिने भएको छ । कांग्रेसको निर्णयले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार संकटमा परेको छ । कार्की एमालेका केन्द्रीय सचिव हुन् । कोशीमा अब सरकार जोगाउने वा नयाँ सरकार गठन गर्ने दुवै समीकरणमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्णायक शक्तिका रूपमा उभिएको छ । २०८१ असार १७ गते नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली