१५ दिनलाई रोकियो प्रतिनिधिसभा
Your ads here755 X 100

काठमाडौं : प्रतिनिधिसभाको बैठक १५ दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकमा अर्को बैठक साउन १४ गते बस्ने घोषणा गरेका हुन्। १५ दिन संसद् स्थगित गर्ने सहमति कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा नै भएको थियो। सहमतिअनुसार अब १५ दिन संसदीय समितिका बैठकसमेत बस्ने छैनन्।बैठक स्थगित गर्दै सभामुख अर्यालले भने, ‘यो बैठक साउन १४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित हुन्छ।’ योसँगै प्रतिनिधिसभाले १५ दिनको विश्राम लिएको छ। विश्रामको अवधिलाई सांसदहरूले जनता र मतदा