नोटिफाई नेपालLoading...

काठमाडौं, चैत २२ । सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम आपूर्तिमा सहजता ल्याउने उद्देश्यसहित यो निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय चैत २३ गतेदेखि लागू हुनेछ। निर्णयअनुसार अब सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा रहनेछ।







२३ चैत , २,०८२