प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
Your ads here755 X 100

काठमाडौं : नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ। उनीहरूबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो।भेटवार्ताका क्रममा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।प्रधानसेनापति सिग्देलको निमन्त्रणामा उनी आइतबार काठमाडौं आएका हुन्।