एनपीएलका खेलहरूलाई आइसीसीबाट 'लिस्ट ए टी-२०'को मान्यता
Your ads here755 X 100

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरू 'लिस्ट ए टी-२०'को मान्यता पाएको छ। आइसीसीले एनपीएलका सबै खेललाई लिस्ट ए टी-२० को मान्यता प्रदान गर्ने निर्णय गरेको हो।यसअघि आइसीसीले एनपीएललाई आधिकारिक मान्यता प्रदान गरेको थियो। नेपाल क्रिकेट संघले एनपीएल तेस्रो सिजनका सबै खेलले लिस्ट एको मान्यता पाएको जानकारी दिएको छ। त्यस्तै एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि पनि यसपटक लागू हुँदैछ। एनपीएलको तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुर क्रिकेट रंगशालामा आयोजना हुँदैछ।