ट्रम्प-पुटिन कूटनीति : रुसी जेलबाट ७४ वर्षीय अमेरिकी नागरिक रिहा
Your ads here755 X 100

काठमाडौं : रुसले युक्रेनमा भाडाका सैनिकका रूपमा लडेको आरोपमा पक्राउ गरेको ७४ वर्षीय अमेरिकी नागरिक स्टेफन हबर्डलाई रिहा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको आग्रहपछि हबर्ड रिहा भएका हुन्।अवकाशप्राप्त शिक्षक हबर्डलाई सन् २०२२ मा रुसले पूर्वी युक्रेनको आफ्नो कब्जामा रहेको क्षेत्रबाट पक्राउ गरेको थियो। उनी युक्रेनी सेनाका तर्फबाट लडेको आरोपमा रुसी हिरासतमा थिए। तर, उनको परिवार र अमेरिकी विदेश मन्त्रालयले उनीमाथि लगाइएका आरोपहरू झुटा भएको बताएका थिए।य