जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन गर्नका लागि भगिनी सम्बन्ध कायम भएको छ । दुवै पालिकाको सीमा क्षेत्र एकआपसमा जोडिएकाले अधिकांश विषय संयुक्त रूपमा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए । एकआपस समन्वय सहकार्य र साझेदारीमार्फत दुई पालिकाबीच अनुभव […]