ललितपुर– ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेका छन् । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच सोमबार महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो । ललितपुरको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको महानगर प्रमुख महर्जनले जानकारी दिए । ‘राजदूत भेरोनिक लोरेन्जोसँगको भेटघाट अत्यन्तै सौहार्द्रपूर्ण रह्यो, महानगरमा भएका कामका बारेमा उहाँले चासोपूर्वक […]