काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै नेता कोइरालाले पहलगाममा निर्दोष सर्वसाधारणमाथि भएको आतङ्कवादी आक्रमणको भर्त्सना गरेका हुन् । उनले आक्रमणमा ज्यान गुमाउनले नेपाली नागरिक सुदीप न्यौपाने लगायतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । […]