पर्वत – पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने सुन्दरेखोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण सुरु भएको हो । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा पर्ने सुन्दरेखोलामा पहिलोपटक ‘आर्क ब्रिज’ निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले जानकारी दिए । उनका […]