काठमाडौं– प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको जानकारी सभामुख देवराज घिमिरेलाई दिएको छ। प्रहरी नायब उपरक्षक हरि खतिवडाले कांग्रेसकी समानुपातिक सांसद राई पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएका हुन्। राई स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति कपनस्थित निवासबाटै […]