बाँके– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आगलागीपछि आकस्मिक बाहेक सम्पूर्ण ओपिडी सेवा बन्द गरिएको छ । शनिबार बिहान अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी हुँदा ठूलो क्षति भएको कारण अस्पताल प्रशासनले आइतबार र सोमबार (वैशाख १४ र १५ गते) ओपिडी सेवा बन्द गर्ने निर्णय गरेको हो । अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८२ वैशाख […]