काठमाडौं– आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा आइतबार घाइते भएका ६२ जनामध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको नेपाल शिक्षक महासंघले जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते […]