काठमाडौं– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य सहायता तथा राहत कार्यक्रमलाई एकीकृत गरेर व्यवस्थापन गरिने बताएका छन् । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले विभिन्न निकाय तथा मन्त्रालयमार्फत छरिएर सञ्चालन भइरहेका स्वास्थ्य सहायता तथा राहत कार्यक्रमहरूलाई एउटै संरचनाभित्र समेटेर एकीकृत व्यवस्थापन गरिने बताएका हुन् । उनले डुब्न लागेको स्वास्थ्य बिमालाई […]