काठमाडौं- विगत २७ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमबार केही राजनीतिक अनुहार पनि देखिए । शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन सोमबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू बिजुली बजार पुगेका थिए । उनीहरूले शिक्षक आन्दोलनलाई समर्थन गर्न खोज्दा उल्टै नाराबाजी खेप्नुपरेको छ। बिजुली बजारमा नेताहरूको लर्कोसहित पुगेका नेपालसहितले शिक्षकहरूको नाराबाजी खेप्नु परेको हो। […]