नयाँ दिल्ली – भारतको मध्य प्रदेश राज्यको मन्दसौर क्षेत्रमा आइतबार भएको एक दुखद दुर्घटनामा १२ जनाको ज्यान गएको छ । उनीहरू मन्दिर जाँदै गर्दा चढेको सवारी साधन अनियन्त्रित भई इनारमा खसेको प्रहरीले पुष्टि गरेको छ । स्थानीय समाचार अनुसार सवारीले पहिला एक मोटरसाइकललाई ठक्कर दिएको थियो र त्यसपछि चालकको नियन्त्रण गुम्दा इनारमा खसेको हो । […]