काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले काठमाडौंमा आन्दोलनरत शिक्षकमाथि सरकारले गरेको दमनको विरोध गरेको छ । अध्यक्ष राजेन्द्र महतोले सोमबार विज्ञप्ति जारी गरेर सरकारले शिक्षकमाथि गरेको दमनको विरोध गरेका हुन् । ‘शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनद्वारा गरिएको अत्याधिक दमन र बल प्रयोगले पाँच दर्जनभन्दा बढी शिक्षक र पत्रकार घाइते बनाउनु लोकतान्त्रिक मुलुकको निम्ति अत्यन्त दुर्भाग्यपूर्ण र दुःखको […]