काठमाडौं– नेपाली कांग्रेसका सचेतक सुशीला थिङले शिक्षकहरूका जायज माग तत्काल पुरा गर्नुपर्ने बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा थिङले सरकारले पटक पटक गरेको सम्झौता कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा आउनुपरेको भन्दै उनीहरूको जायज माग छिटो पुरा गर्नुपर्ने बताएकी हुन् । उनले आन्दोलनका क्रममा शिक्षकहरूमाथि भएको दमन निन्दनीय रहेको भन्दै सरकारले राम्रो काम नगरेको उल्लेख गरिन् । […]