सुर्खेत– सुर्खेतको बराहताल गाउँपालिका–४ मा रहेको बराहतालमा माछाका भुरा छाडिएको छ । ताललाई प्राकृतिक सौन्दर्यमा फर्काउनका लागि माछाका भुरा छाडिएका हुन् । सुर्खेतको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको बराहतालमा ६० हजार माछाका भुरा हाल्ने लक्ष्य राखिएको ३० हजार माछाका भुरा सोमबार तालमा छाडिएको बराहताल गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष बिर्खबहादुर सिजापतिले जानकारी दिए । […]