काठमाडौं– सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारसँग माग गरे । ‘सडक निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाइ भएको छ’, सांसद सिंहले भने । यस्तै सांसद प्रभु साहले सरकारी बजेट प्रयोग गर्ने प्रतिष्ठान र सङ्घसंस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने […]