काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब बराबरको हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आव ०८१/८२ को वार्षिक राष्ट्रिय लेखा तथ्यांकसम्बन्धी प्रेस नोट जारी गर्दै सो अनुमान गरेको हो । त्यस्तै, कार्यालयले चालु आवमा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ता मूल्यमा ४.६१ प्रतिशत हुने अनुमान गरेको छ । […]