विपिन जोशीलाई सकुशल फर्काउने इजरायली राजदुतको प्रतिबद्धता
Your ads here755 X 100

•
Byसुशिल ढुङ्गाना
•
बुधबार, १७ बैशाख २०८२, ९:३४ पूर्वाह्न
नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले हमास लडाकुहरूको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित फिर्तीको लागि आफु प्रयत्नरत रहेको बताएका छन् । हमासको आक्रमबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । ती मध्ये ८ जना सुदूरपश्चिमका थिए भने सुदूरकै विपिन अझै सम्पर्कविहिन छन् ।