विपक्षीले मागे प्रधानमन्त्री ओलीको राजीनामा
Your ads here755 X 100

•
Byन्युज २४ नेपाल
•
बुधबार, १७ बैशाख २०८२, ९:५३ पूर्वाह्न
वैशाख १२ गतेदेखि शुरु भएको संघीय संसदको बजेट अधिवेशनमा शिक्षक आन्दोलनको बहस चुलिएको छ । चैत २० गतेदेखि शुरु भएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलन झण्डै एक महिनासम्म पनि नरोकिएपछि संसदमा शिक्षक आन्दोलनबारेको बहस चर्किएको हो । शिक्षक आन्दोलनकै विषयलाई लिएर विपक्षी दलहरुले सरकारको राजीनामा माग्न थालेका छन् । सत्ता दलका सांसदहरुले पनि शिक्षकलाई विद्यालय फर्काउने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन् ।