चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ । शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरूको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ । निर्वाचन पछि रक्तदानका कार्यक्रमहरू नहुँदा जिल्लामा रगतको अभाव भएको […]