इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा देउमाई नगरपालिका-३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।