भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न थप ३० जनालाई पक्राउ गरेको छ । स्वीप अपरेसन अभियान सञ्चालन गरेको भक्तपुर प्रहरीले आइतबार राति भक्तपुरका विभिन्न ठाउँबाट समूहमा बसेर होहल्ला गर्ने, शान्तिसुरक्षामा खलल गर्ने, लागूपदार्थ सेवन गर्ने, शंकास्पद गतिविधि देखाउने व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिस भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले जानकारी दिए । […]