मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा मरेका छन् । आक्रमणमा परी सात भेडाच्यांग्रा घाइते छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, लोमान्थाङ–४, न्याम्डोका स्थानीय पशुपालक किसान घ्याचो गुरुङको च्यांग्राखोरमा शनिबार (चैत २१) राति हिमचितुवाले पशुचौपायामाथि आक्रमण गरेको थियो । एक्याप प्रमुख उमेश पौडेलका अनुसार, चितुवाको आक्रमणबाट १० च्यांग्रा र ११ […]