काठमाडौं – नुवाकोटमा दुईजना दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। म्यागङ गाउँपालिका–४ किम्ताङका ४३ वर्षीय समराज तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीका अनुसार स्थानीय धनबहादुर तामाङ उर्फ धने र सोमबहादुर तामाङ उर्फ माइलासहित ६ जनालाई नियन्त्रणमा लिइएको हो। […]