काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ। काउन्सिलले दुई चरणमा ३६ जना गैरआवसीय चिकित्सकको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। तर उक्त निर्णयको चर्को विरोध भएपछि वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरूको नाम तत्कालका लागि दर्ता किताबमै कायम राख्ने निर्णय गरेको हो। […]