काठमाडौं- सामाजिक सञ्जालमार्फत धार्मिक भावनामा आघात पुग्ने तथा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ‘मठ-मन्दिरमा आगो लाइदिन्छौं’ लगायतका अभिव्यक्ति दिएको अभियोगमा ती युवक पक्राउ परेका हुन्। उक्त विवादित भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ […]