काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि अन्तिम प्रतिस्पर्धाका लागि १० जनाको नाम सर्टलिस्टमा समावेश गरेको हो । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचीमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, […]