काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। लागूऔषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पार्ने गम्भीर असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष जुन २६ मा यो दिवस मनाइन्छ। राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष जुन २६ लाई यस दिवसका रूपमा मनाउने निर्णय […]