काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनमा मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । शुक्रबार अपराह्न मतदानका लागि तोकिएको पाँच बजेको समय सकिएसँगै ढोका बन्द भएपछि मतदान गर्न नपाएको भन्दै केही प्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन् । अपराह्न पाँच बजेर २ मिनेटमा मतदानस्थल पुग्दा मतदान गर्न नदिएको उनीहरूले जनाएका […]