काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय खोल्ने महत्त्वपूर्ण भूमिकामा रहेका पूर्णबहादुर (कान्छाराम) तामाङ कांग्रेस फुट्ने दाबी गर्छन् । फुटेको कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला पक्ष हुने उनको भनाइ छ। कांग्रेसलाई एक ढिक्का बनाउनका लागि सभापति गगन थापा लचिलो नभएको र संवादमै नआएको कान्छारामको जिकिर छ । […]