अमेरिकाविरुद्ध आसिफ शेखले पनि बनाए अर्धशतक, नेपाल जिततर्फ अग्रसर
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, २:३९ अपराह्न
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि अर्धशतक बनाएका छन् ।
आसिफ शेखले ६७ बलको सामना गरी सात चौकाको मद्दतले ५१ रन बनाएका हुन् । २४ वर्षीय आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औं अर्धशतक हो ।
कुशल भुर्तेल र आसिफ शेखले २३.२ ओभरमा ओपनिङ विकेटका लागि एक सय २० रनको साझेदारी गरिसकेका छन् । यसअघि कुशलले पनि अर्धशतक पूरा गरेका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलले १० औं अर्धशतक प्रहार गरेका हुन् ।...