स्वास्थ्य चौकीमा अभाव देखेपछि १४ वर्षीय आविस्कार खनालले घरमै बनाए भेन्टिलेटर
Your ads here755 X 100

•
Byरञ्जिता उप्रेती
•
मङ्गलबार, १६ बैशाख २०८२, ५:२९ अपराह्न
काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिकाका १४ वर्षीय किशोर आविस्कार खनालले घरमै बसेर भेन्टिलेटर निर्माण गरी सबैलाई चकित पारेका छन् । आफ्नो गाउँ नजिकैको स्वास्थ्य चौकीमा जटिल अवस्थाका बिरामीका लागि आवश्यक उपकरण नदेखेपछि उनले भेन्टिलेटर बनाएका हुन् ।
सैनामैना क्षेत्रका स्वास्थ्य चौकीहरूमा भेन्टिलेटरको अभाव रहेको बताउँदै खनालले भने, “हाम्रो घर बजारभन्दा टाढा छ । यहाँ कसैलाई गम्भीर समस्या परेमा १७ किलोमिटर टाढा जानुपर्छ । इमर्जेन्सीको लागि अक्सिजन सिलिन्डर पनि पाइँदैन । यहाँ सामान्य उपचार मात्र हुन्छ ।”
यही आ...