अमेजनको पहिलो स्याटलाइट प्रक्षेपण सफल, छिट्टै इन्टरनेट सेवा सुरु हुने
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ९:०६ पूर्वाह्न
काठमाडौं । स्याटलाइट इन्टरनेट उपलब्ध गराउने उद्देश्य सहित अमेजनले प्रोजेक्ट काइपर अन्तर्गतको पहिलो २७ स्याटलाइट सोमबार प्रक्षेपण गरेको छ । स्पेसएक्सको स्टारलिंक जस्तै स्याटलाइट इन्टरनेट उपलब्ध गराउने उद्देश्य सहित कम्पनीले यो प्रोजेक्ट सुरु गरेको थियो । पछिल्लो समय स्याटलाइटको परीक्षण गरिरहेको कम्पनीले अन्ततः स्याटलाइटको पहिलो ब्याच अन्तरिक्षमा प्रक्षेपण गरेको हो ।
कम्पनीले कुल तीन हजार २३६ वटा स्याटलाइट पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गर्नेछ । सन् कम्पनीले २०१९ मा १० अर्ब अमेरिकी डलरको लगानीमा यो प्रोजेक्ट सुरु गर...