काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९ सञ्चालक नियन्त्रणमा
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, ०१ जेठ २०८३, ७:२५ अपराह्न
विदेश अध्ययनका नाममा विद्यार्थी तथा अभिभावकलाई ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रमाथि प्रहरीले कारबाही थालेको छ ।
कारबाहीका क्रममा शुक्रबार ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै विभिन्न शैक्षिक कन्सल्टेन्सीले ठगी गरेको उजुरी, गुनासो तथा निवेदन बढेपछि संयुक्त अनुगमन तथा कारबाही शुरू गरिएको हो।
प्रहरीले...