फ्याक्टचेक: नेपालमा वैवाहिक बलात्कार र नाबालिग बलात्कारमा एउटै सजाय रहेको भन्दै सांसद आशिका तामाङले फैलाइन् भ्रम
Your ads here755 X 100

•
Byरञ्जिता उप्रेती
•
मङ्गलबार, ०९ भाद्र २०८३, ४:०८ अपराह्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको प्रचलित कानुनले बलात्कारको प्रकृतिअनुसार सजाय वर्गीकरण गर्न नसकेको दाबी गर्दै फेसबुकमा एक पोस्ट राखेकी छन् । तीन वर्षीया बालिकामाथि हुने बलात्कार र वैवाहिक बलात्कारको आरोपलाई कानुनले एउटै तराजुमा राखेको भन्दै उनले यसलाई वर्गीकरण गर्न तत्काल कानुन संशोधनको माग गरेकी हुन् ।
तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट सांसद तामाङको उक्त दाबी भ्रामक पाइएको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ अन्तर्गत दफा २१९ मा जबरजस्ती करणीको कसु...