४२औँ राष्ट्रिय ब्याडमिन्टन : महिला एकलतर्फ आर्मी क्लबकी रसिला महर्जन च्याम्पियन
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, ०२ जेठ २०८३, ४:१८ अपराह्न
नेपाल ब्याडमिन्टन संघद्वारा काठमाडौंमा आयोजित ४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फको उपाधि त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले जितेकी छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार खेलिएको फाइनल खेलमा रसिलाले कोशी प्रदेशकी नङ्सलदेवी तामाङलाई हराउँदै उपाधि चुमेकी हुन् ।
रसिलाले नङ्सललाई २१–१८ र २१–१८ को सोझो सेटमा पराजित गरेकी हुन् । उक्त स्पर्धामा आर्मी क्लबकी अमिता गिरी र आर्मी क्लबकै रिहाना शेरचन संयुक्त रूपमा तेस्रो भए ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय...