ऐतिहासिक शहरलाई विनाश गरेर विकास हुदैन- पूर्वसांसद विमल केडिया
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, ७:५६ अपराह्न
उद्योगी तथा पूर्वसांसद विमल केडियाले वीरगञ्जको इतिहास मेटाएर विकास नहुने बताएका छन् ।
आइतबार काठमाडौंमा वीरगञ्जका व्यवसायीहरूले गरेको पत्रकार सम्मेलनमा बोल्दै केडियाले सरकारलाई इतिहास मेटाएर विकास नहुने बताएका हुन् । उनले कानूनी प्रक्रिया पुर्‍याएर सडक विस्तार गर्न सरकारलाई चुनौती दिएका छन् ।
‘वीरगञ्जमा डोजर आतङ्क बन्द गर’ भन्ने नारासहित पीडितहरूले गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जका जनतामाथि वज्रपात परेको टिप्पणी गरे ।
‘वीरगञ्जका जनतामाथि वज्रपात परेको छ । कुनै पनि ह...