गगन–विश्व–गुरुसँग नेविसंघमा काम गरेका टेकराज बागलुङ २ बाट कांग्रेसको उम्मेदवार
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
सोमबार, ०५ माघ २०८२, ९:२७ अपराह्न
नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङ २ बाट टेकराज पौडेललाई उम्मेदवार बनाएको छ । सोमवार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले पौडेललाई बागलुङ २ को उम्मेदवार बनाएको हो ।
लामो समय नेपाल विद्यार्थी संघ र तरूण दलमा काम गरेका पौडेल कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेसँग एउटै समितिमा बसेर काम गरेका हुन् । गगन महामन्त्री रहेको समयमा पौडेल नेविसंघको सहमहामन्त्री थिए ।
२०५३ सालमा काठमाडौँ शिक्षा क्याम्पसको स्ववियु सभापति समेत रहि...