सिमेन्ट उद्योगमा कार्यरत एक मजदूरको मृत्यु, एक घाइते
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
सोमबार, ०५ माघ २०८२, ८:४५ अपराह्न
दाङको लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर आज एक मजदुरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा सोही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । घाइते हुनेमा वडा नं ७ हसनापुरका २७ वर्षीय शङ्कर चौधरी रहेका छन् ।
उद्योगमा पावर प्लान्टको काम भइरहेका बेला खनिएको ठूलो खाडलमा माटोको ढिस्को खस्दा दुईजना पुरिएका थिए । दुवै जनालाई उद्धार गरी लमही अस्पताल लगिएकामा अरविन्दक...